काठमाडौंः सरकारले ट्रेजरी बिलमार्फत ५ अर्ब आन्तरिक ऋण लिने भएको छ । सोमबाट सरकाले २८ दिने ट्रेजरी बिलमार्फत उक्त ऋण उठाउन लागेको हो ।
२८ दिने ट्रेजरी बिलमार्फत आन्तरिक ऋण उठाउन लागिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । ट्रेजरी बिलका लागि सोमवार दिउँसो तीन बजेसम्म बोलकबोल गर्न सकिने कार्यालयको भनाई रहेको छ ।
मंगलवार ट्रेजरी बिल जारी गरिने छ । जारी हुने ट्रेजरी बिलको ब्याजदर बोलकबोलमार्फत तय हुने कार्यालयल जनाएको छ ।
एक वर्ष वा एक वर्षभन्दा कम समयकोलागि अल्पकालिन ऋण उठाउन सरकारले ट्रेजरी बिल निष्काशन गर्ने गर्दछ । ट्रेजरी बिल अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।