पात्रो

रेडियो

समाचार खोजी

सिटी होटलको ८०% हकप्रद शेयर भदौ २३ गतेदेखि खुल्ने

साझा अर्थ संवाददाता ५ भदौ २०८२, बिहिवार

काठमाडौं | सिटी होटल लिमिटेड (CITY) ले ८० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले सार्वजनिक प्रस्तावपत्र प्रकाशित गर्दै हकप्रद शेयरमा आवेदन दिने मिति भदौ २३ गतेदेखि असोज १२ गतेसम्म रहने जनाएको छ।

कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर ०.८० कित्ताको अनुपातमा १३ लाख १९ हजार २ सय कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस हकप्रद शेयरको कुल मूल्य करिब १ अर्ब ६७ करोड रुपैयाँ रहनेछ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६७ करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पूँजी बढेर ३ अर्ब १ करोड रुपैयाँ पुग्नेछ।

यस हकप्रदको बिक्री व्यवस्थापन प्रभु क्यापिटल लिमिटेडले गर्नेछ। कम्पनीले यसका लागि साउन २७ गते बुकक्लोज गरिसकेको छ। त्यसैले सो मितिभन्दा अघिसम्म शेयर कायम गरेका लगानीकर्ताले मात्र आवेदन दिन सक्नेछन्।

209 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ