पात्रो

रेडियो

समाचार खोजी

सर्वोत्तम सिमेन्टको आम्दानी र नाफामा उल्लेख्य वृद्धि

साझा अर्थ संवाददाता २ भदौ २०८२, सोमवार
समाचार सारांश
  • कम्पनीको खुद नाफा १४ करोड ९३ लाख रुपैयाँबाट बढेर १ अर्ब ४५ लाख रुपैयाँ पुग्यो।

  • बिक्री आम्दानी ७५ करोड ५४ लाख रुपैयाँबाट २ अर्ब ६ करोड रुपैयाँमा उक्लियो।

  • अन्य आम्दानी ५ करोड ९ लाखबाट बढेर १६ करोड १९ लाख पुग्यो।

  • कम्पनीको चुक्तापूँजी ४ अर्ब ९७ करोड र रिभ्यालुएसन रिजर्भ ३३ करोड ६८ लाख।

  • समीक्षा अवधिसम्म कम्पनीले ३ अर्ब ७१ करोड अल्पकालीन र ९ करोड ९७ लाख दीर्घकालीन कर्जा लिएको छ।

  • EPS ३.७४ रुपैयाँबाट बढेर २०.१९ रुपैयाँ पुग्यो, नेटवर्थ प्रति शेयर २०२ रुपैयाँ कायम।

This summary was generated by AI and has been editorially reviewed.

सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आवको चौथो त्रैमाससम्म उल्लेखनीय सुधार गर्दै १ अर्ब ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा ५७२.५१ प्रतिशतले बढी हो। अघिल्लो आवमा कम्पनीले १४ करोड ९३ लाख रुपैयाँ नाफा गरेको थियो।

बिक्री आम्दानीतर्फ पनि कम्पनीले उच्च वृद्धि देखाएको छ। समीक्षा अवधिसम्म कम्पनीको बिक्री आम्दानी २ अर्ब ६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवको ७५ करोड ५४ लाख रुपैयाँभन्दा १७३.०१ प्रतिशतले बढी हो।

त्यस्तै, कम्पनीको अन्य आम्दानी ५ करोड ९ लाख रुपैयाँबाट बढेर १६ करोड १९ लाख रुपैयाँ पुगेको छ।

हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ९७ करोड रुपैयाँ रहेको छ। यसबाहेक कम्पनीको रिभ्यालुएसन रिजर्भमा ३३ करोड ६८ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्म कम्पनीको कुल चालु सम्पत्ति ५ अर्ब २५ करोड रुपैयाँ र कुल चालु दायित्व ४ अर्ब २६ करोड रुपैयाँ रहेको छ। यस अवधिसम्म कम्पनीले ३ अर्ब ७१ करोड रुपैयाँ अल्पकालीन र ९ करोड ९७ लाख रुपैयाँ दीर्घकालीन कर्जा लिएको छ।

निवेशकका लागि महत्त्वपूर्ण सूचकाङ्कहरूमा पनि सुधार देखिएको छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी (EPS) अघिल्लो ३.७४ रुपैयाँबाट बढेर २०.१९ रुपैयाँ पुगेको छ। त्यस्तै, प्रतिशेयर नेटवर्थ २०२ रुपैयाँ, प्रतिशेयर कुल सम्पत्ति मूल्य ३०१.९२ रुपैयाँ र तरलता अनुपात १.२३ प्रतिशत रहेको छ।

173 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ