साउनको तुलनामा २० वाणिज्य बैङ्कबहरुमध्ये आठ वटा वाणिज्य बैङ्कहरुले भदौका लागि ब्याजदर घटाएका छन् भने एक बैङ्कले बढाएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैङ्क, लक्ष्मी सनराइज बैङ्क, एभरेष्ट बैङ्क, सानिमा बैङ्क, कुमारी बैङ्क, सिद्धार्थ बैङ्क, कृषि विकास बैङ्क र नेपाल एसबिआई बैङ्कले भदौका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका हुन् भने बढाउने प्रभु बैङ्क रहेको छ ।
काठमाडौं । सञ्चालनमा रहेका वाणिज्य बैङ्कहरुले साउनको तुलनामा भदौ महिनाको ब्याजदर घटाएका छन् ।
साउन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औषतमा ५.६९ प्रतिशत विन्दुका दरले ब्याज दिइरहेका बैङ्कहरुले भदौ महिनामा अधिकतम औषतमा ५.५७ प्रतिशतविन्दुका दरले ब्याज दिने भएका छन् ।
साउन महिनामा संस्थागत मुद्दति निक्षेपमा ४.११ प्रतिशतविन्दु रहेको बैङ्कहरुको अधिकतम औषत ब्याजदर भदौ महिनामा ३.९६ प्रतिशतविन्दुमा झरेको छ ।
साउनको तुलनामा २० वाणिज्य बैङ्कबहरुमध्ये आठ वटा वाणिज्य बैङ्कहरुले भदौका लागि ब्याजदर घटाएका छन् भने एक बैङ्कले बढाएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैङ्क, लक्ष्मी सनराइज बैङ्क, एभरेष्ट बैङ्क, सानिमा बैङ्क, कुमारी बैङ्क, सिद्धार्थ बैङ्क, कृषि विकास बैङ्क र नेपाल एसबिआई बैङ्कले भदौका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका हुन् भने बढाउने प्रभु बैङ्क रहेको छ ।
साउन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ६.२६ प्रतिशतसम्म ब्याज दिइरहेको स्ट्याण्डर्ड चार्टर्ड बैङ्कले भदौमा अधिकतममा ५.१३ प्रतिशत ब्याज दिने भएको छ । बैङ्कले १.१३ प्रतिशतविन्दुले ब्याजदर घटाएको हो । यता प्रभु बैङ्कले भने यस्तो निक्षेपको अधिकतम ब्याजदर १.१ प्रतिशतविन्दु बढाएर ५.३५ प्रतिशत पु¥याएको छ । साउन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा कम ब्याज दिने बैङ्क प्रभु बैङ्क थियो ।
व्यक्तिगत मुद्दति निक्षेपमा भदौ महिनामा एनआईसी एशिया बैङ्कले सबैभन्दा बढी ब्याज दिने भएको छ । बैङ्कले अधिकतममा ६.२५ प्रतिशतसम्म ब्याज दिने भएको हो । बैङ्कले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएको हो । यस्तो निक्षेपमा सबैभन्दा कम ब्याजदर भने लक्ष्मी सनराइज बैङ्कको रहेको छ । सो बैङ्कले अधिकतममा ५ प्रतिशतका दरले ब्याज दिनेछ ।
संस्थागत मुद्दति निक्षेपमा भने सात वाणिज्य बैङ्कहरुले अधिकतम ब्याजदर घटाएका छन् भने कुनै पनि बैङ्कले ब्याजदर बढाएका छैनन् । यस्तो मुद्दति निक्षेपको ब्याजदर औषतमा ०.१५ प्रतिशतविन्दु घटेको हो ।