पात्रो

रेडियो

समाचार खोजी

भारतीय विदेश सचीव नेपालमा

साझा अर्थ संवाददाता १ भदौ २०८२, आइतवार

काठमाडौंः भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुग्नु भएको छ । प्रधान मन्त्री ओलीको प्रस्तावित भारत भ्रमणको आवश्यक तयारीकालागि उहाँ नेपाल आउनु भएको हो । 
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिस्री दुई दिने औपचारिक भ्रमणका क्रममा आज नेपाल आइ पुग्नु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ ३१ मा प्रस्तावित भारत भ्रमणको तयारीका बारेमा छलफलका लागि मिस्री नेपाल आएको बताइएको छ ।

135 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ