काठमाडौंः सरकारले नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधन हरुले तिर्नु पर्ने शुल्क तोकेको छ । बुधवार बसेको मन्त्रिपरिषद बैठकले सो शुल्क तोकेको हो ।
बुधवार बसेको मन्त्रिपरिषद बैठकले शुल्क तोकेको जानकारी सरकारका प्रवक्ता एवं सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बf गुरुङले विहिवार जानकारी दिनुभयो ।
मन्त्री गुरुङका अनुसार नागढुंगा सुरुङमार्ग प्रयोग गरी काठमाडौं भित्रने कार, भ्यानले ६५ रुपैयाँ र काठमाडौंबाट फर्कदा ६० रुपैयाँ तिर्नुपर्ने छ । यसैगरी नागढुङगा सुरुङमार्ग प्रयोग गरी काठमाडौं आउने मिनी बस र ट्रकले ११५ र फर्कदा ८० रुपैयाँ, काठमाडौं आउने ठूला बस र ट्रकले २६० तथा फर्कदा २०० रुपैयाँ तिर्नु पर्ने उहाँको भनाई रहेको छ ।