पात्रो

रेडियो

समाचार खोजी

हिमाल आरोहण शुल्क बढ्यो

साझा अर्थ संवाददाता २६ साउन २०८२, सोमवार

काठमाडौँ : सरकारले हिमाल आरोहण गर्दा लाग्ने शुल्क बढाएको छ । भदौ १६ गते देखि लागु हुने गरी सगरमाथा लगायतका हिमाल आरोहणको शुल्क बढाइएको हो । 
भदौ १६ गतेदेखि लागू हुने नयाँ नियम अनुसार, विदेशी आरोहीले वसन्त याममा सगरमाथाको नर्मल रुटबाट चढ्न १५ हजार डलर (हाल ११ हजार), शरदमा ७,५०० डलर (हाल ५,५००) र वर्षा/जाडोमा ३,७५० डलर (हाल २,५००) तिर्नुपर्ने संशोधित नियममा उल्लेख छ । नेपाली आरोहीले भने वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न  १ लाख ५० हजार, शरदमा ७५ हजार र अन्य याममा ३५ हजार रुपैयाँ तिर्नु पर्ने ब्यवस्था गरेको छ । 
यस्तै ८,००० मिटरभन्दा माथिका अन्य हिमाल आरोहण गर्न विदेशीले वसन्तमा ३,००० डलर (हाल १,८००), शरदमा १,५०० डलर (हाल ९००) र अन्य याममा ७५० डलर (हाल ४५०) तिर्नुपर्नेछ । ७,५०१ देखि ८,००० मिटर उचाइका हिमाल आरोहण गर्दा विदेशीले १,०००, ५०० र २५० डलर (हाल ६००, ३००, १५०) तिर्नु पर्ने भएको छ ।  यस्तै, ६,५०१–७,००० मिटरका हिमालको शुल्क ५००, २५० र २०० डलर (हाल ४००, २००, १००) तोकिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संशोधन गरेको पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ अनुसार सो शुल्क लागु गरिने पर्यटन विभागले जानकारी दिएको छ । 
पर्वतारोहण शुल्क संशोधन गरेर हिमाल आरोहणबाट राजस्व बढाउने र सुरक्षित आरोहणलाई प्रबर्धन गर्ने लक्ष्य राखिएको विभागको भनाई रहेको छ ।

239 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु