काठमाडौंः एमसीसी परियोजनाले नेपालमा निरन्तर पाउने भएको छ । परियोजना ले निरन्तरता पाउने पत्र अर्थ मत्रालयलाई पठाएसँगै एमसीसीले निरन्तरता पाउने भएको हो ।
एमसीसीलाई निरन्तरता दिने पत्र प्राप्त भएको अर्थमान्त्रालयले जनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले एमसीसी परियोजना स्थगित गरेसँगै नेपालमा यो परियोजना सञ्चालन हुने नहुने अन्यौलता छाएको थियो । परियोजनाल निरन्तरता पाउने पत्र आएसँगै अन्यौलता समाप्त भएको छ ।
नेपालमा प्रशारण लाईनको निर्माण, सबष्टेशन निर्माण, सडक स्तरोन्नति लागायतका काम गर्न एमसीसी परियोजना अन्तर्गत अमेरिकी सरकारले नेपालमा ५० करोड डलर उपलब्ध गराउने छ भने नेपालले १९ दशमलब ७ करोड थप लगानी गर्ने छ ।