पात्रो

रेडियो

समाचार खोजी

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा

शैक्षिक योग्यता प्रकरणमा तीन सदस्यीय छानबिन समिति गठन

साझा अर्थ संवाददाता ३१ असार २०८२, मङ्गलवार

काठमाडौं, अषाढ ३१ – नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ओझाको योग्यता सम्बन्धी विषयमा छानबिन गर्न तीन सदस्यीय न्यायिक समिति गठन गरेसँगै उनी स्वतः निलम्बनमा परेका हुन्। पूर्वउच्च अदालतका न्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित समितिले अब ओझाको पेशागत अनुभवसम्बन्धी कागजातहरूको वैधता परीक्षण गर्नेछ। बीमा ऐनअनुसार छानबिन समिति गठन भएलगत्तै सम्बन्धित पदाधिकारी स्वतः निलम्बनमा पर्ने व्यवस्था छ।

फाल्गुन १२ गते अध्यक्षमा नियुक्त भएका ओझाको नियुक्तिपछि नै उनको पेशागत अनुभव सम्बन्धी कागजातहरूमा फर्जी विवरण पेश गरेको आरोप सार्वजनिक हुँदै आएको थियो। उनले पेश गरेको अनुभव सम्बन्धी विवरण कानुनी मापदण्ड नपुगेको भन्दै शंका उठाइएको छ। ओझाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहँदा पनि उनी स्वयंले राजीनामा दिन अस्वीकार गरेपछि सरकारले औपचारिक छानबिन प्रक्रिया अघि बढाएको हो। गठित समितिलाई तीन महिनाभित्र प्रतिवेदन बुझाउने समय दिइएको छ। दोषी ठहरिएमा समितिको सिफारिसमा ओझा बर्खास्त हुन सक्छन्।

127 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ