पात्रो

रेडियो

समाचार खोजी

आर्थिक गतिविधि नबढाए आर्थिक मन्दि हुन सक्ने

साझा अर्थ संवाददाता १२ जेठ २०८२, सोमवार


काठमाडौः नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा आर्थिक गतिविध बढाउने काम नगरिए आर्थिक मन्दी हुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको अर्थ समितिमा छलफलका क्रमममा ढकालले उक्त कुरा बताउनु भएको हो । 
उक्त अवसरमा ढकालले आर्थिक गतिवधि बढाउने काम नगरी गतिविधिलाई खुम्च्याउने मात्र काम गरेमा आर्थिक मन्दि हुने बताउनु भयो । 
अर्थ समितिको बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवालासँगको छलफलका क्रममा उहाँले उद्योग व्यवसायका लागि ऋण लिँदा एक प्रतिशत भन्दा बढी शेयर भएको व्यक्ति वा उद्योग व्यवसायका लागि ऋण लिन नपाउने ब्यवस्था नराख्न सुझाव दिनुभएको थियो । यस्ताे ब्यवस्थाले ब्यावसायनै बन्दहुने खतरा रहेको उहाँको भनाई रहेको थियो । कुनै पनि कानुन बनाउनु भन्दा अघि यसबाट पर्ने प्रभावको बारेमा गहनु अध्ययन गर्नु पर्नेमा ढकालले जोड दिनुभयो ।

269 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु