नेपाल लाइफ इन्स्योरेन्सले चेतनामूलक भिडियो सार्वजनिक गरेको छ । कम्पनीले बिमितहरूले आफूले लिएका बिमालेखको निरन्तरताका लागि प्रोत्साहन गर्ने र बिमालेख सरेन्डरलाई निरुत्साहित गर्ने उद्देश्यसहित जनचेतनामूलक भिडियो सार्वजनिक गरेको हो ।
भिडियोमा जीवन र जीवन बिमा योजनालाई ख्याल–ख्यालमै लिँदा भोलि आइपर्न सक्ने अकल्पनीय दुर्घटनाको कारण एउटा सम्पन्न र सुखी परिवार पनि कसरी आर्थिक अभावको पीडाबाट गुज्रिनुपर्छ भन्ने कुरा देखाइएको छ ।
कम्पनीले भिडियोमार्फत बिमा गरेर सुरक्षित, सुनिश्चित भई सुनौलो भविष्यको बाटो हिँड्न तथा बिमा योजनालाई बिचमै सरेन्डर गरी अनिश्चितताको बाटो नहिँड्नसमेत आग्रह गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले जनचेतनाको अभाव हुँदा बिमा सरेन्डर गर्ने र यसले पार्न सक्ने नकारात्मक प्रभावलाई समेटेर भिडियो सार्वजनिक गरिएको बताए ।
साझा अर्थ संवाददाता