काठमाडौंः नेपाल राष्ट्रबैंकले बजारबाट ३० अबै रुपैयाँ उठान लागेको छ । तरलता ब्यवस्थापनकालागि राष्ट्रबैंकले सो रकम उठाउन लागेको हो ।
बोलकबोल मार्फत बैंक तथा वित्तीय संस्थाहरुबाट सो रकम उठाउन लागिएको नेपाल राष्ट्रबैंकले जानकारी दिएको छ । आज अपरान्ह ३ बजे अनलाइन मार्फत बोलकबोल गरिँदै छ । राष्ट्रबैंकले सो रकमको सावाँ र ब्याजको भुक्तानी असार १ गते गर्ने छ ।
साझा अर्थ संवाददाता