पात्रो

रेडियो

समाचार खोजी

व्यवस्थापनमा अब्बल सिंगटी हाइड्रोले पायो ‘ISO सर्टिफिकेट’

साझा अर्थ संवाददाता ११ जेठ २०८२, आइतवार

काठमाडौंः सिंगटी हाइड्रो इनर्जी लिमिटेडले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह र प्रमाणपत्र प्राप्त गरेको छ। व्यवस्थापनमा अन्तर्राष्ट्रिय मापदण्डहरु पूरा गरेपछि कम्पनीले ‘आईएसओ ९००१–२०१५’ (ISO 9001-2015) प्रमाण चिन्ह प्राप्त गरेको हो।

बेलायतमा रहेको स्टानचुली म्यानेजमेन्ट एण्ड सर्भिसेजको बोर्डले सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आर्थिक, प्रशासनिक, कार्यसम्पादन, परियाजनाको विकास तथा डिजाईन, निर्माण लगायतको मूल्यांकन गरेर आईएसओ प्रमाणपत्र प्रदान गरेको कम्पनीका प्रबन्ध सञ्चालक सुदिप खड्काले जानकारी दिएका छन्।

काठमाडौँको गहनापोखरीमा केन्द्रीय कार्यालयको रहेको कम्पनीले दोलखाको सिंगटी खोलामा २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजना सञ्चालन गरी ४ वर्षदेखि व्यवसायिक उत्पादन गरिरहेको छ। उक्त कम्पनी धितोपत्र कारोबारमा समेत संलग्न भई पुँजीबजारमा समेत सकृय छ।

209 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता