पात्रो

रेडियो

समाचार खोजी

तीन निर्माण कम्पनी कालोसूचीमा

साझा अर्थ संवाददाता ८ जेठ २०८२, बिहिवार



काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले काम नगर्ने तीनवटा निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ । 

 कार्यालयको जेठ ७ गतेको निर्णयअनुसार  कालोसूचीमा पर्ने कम्पनीहरूमा यज्ञश्वरी निर्माण सेवा (बाँके) एसियन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कन्सल्टेन्सी प्रालि (काठमाडौं) र न्यू तुलसी निर्माण सेवा (सल्यान) रहेका छन् । कालोसूचीमा परेका कम्पनीहरु कम्तीमा एक वर्षदेखि दुई वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा सहभागी हुन नपाउने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । 

205 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता