पात्रो

रेडियो

समाचार खोजी

१० महिनामा निर्यातमा ७२ प्रतिशत र आयातमा १३ प्रतिशत बृद्धि

साझा अर्थ संवाददाता ७ जेठ २०८२, बुधवार

चालू आर्थिक वर्ष २०८१/८२ को १० महिनामा नेपालबाट दुई खर्ब १७ अर्ब ९१ करोड बराबरको वस्तु तथा सेवा निर्यात भएको हो। यो  गत वर्षको सोही अवधिमो तुलनामा ७२।.७१ प्रतिशतले बढी हो। अघिल्लो आवको को सोही अवधिमा नेपालबाट कुल एक खर्ब २६ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको थियो। समिक्षा अवधिमा आयातमा १३ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म विभिन्न मुलुकबाट १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ।

गत वर्षको सोही अवधिमा १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको थियो।   गत वर्षको तुलनामा व्यापार घाटा भने ६।७२ प्रतिशतले बढेको छ। 

चालु आर्थिक वर्षको वैशाखसम्म नेपालको व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ रहेको छ। गत वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ थियो।
 

239 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु