पात्रो

रेडियो

समाचार खोजी

एशियन लाइफ इन्स्योरेन्सको व्यतित बीमालेखमा ५०%सम्म ब्याज छूट

साझा अर्थ संवाददाता १० भदौ २०८१, सोमवार

एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरण गर्दा ५० प्रतिशतसम्म ब्याज छूट दिने बताएको छ ।

कम्पनीले जारी गरेको सूचना अनुसार २०८१ साउन मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेको बीमालेखहरुमा भदौ १० गतेदेखि असोज १० गतेभित्र पुनर्जागरण गराएमा बीमितहरुले ब्याज छूट पाउने छन् ।पाँच वर्षदेखि माथिका व्यतित बीमालेखमा ५० प्रतिशतसम्म र २ वर्षदेखि ५ वर्षभन्दा कमका व्यतित बीमालेखमा २५ प्रतिशतसम्म ब्याज छूट दिने कम्पनीले बताएको छ।

दुई वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको अवस्थामा कुनै पनि छूट प्रदान गरिने छैन । यसका साथै कम्पनीले एकपटक ब्याज छूट लिइसकेका बीमितहरुलाई पुनः ब्याज छूट भने नदिने कम्पनीले बताएको छ ।

280 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु