पात्रो

रेडियो

समाचार खोजी

दक्षिण कोरियाका प्रतिनिधिलाई रेल क्षेत्रमा लगानी गर्न भौतिकमन्त्री दाहालले गरे आग्रह

साझा अर्थ संवाददाता ३१ वैशाख २०८२, बुधवार

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालको रेलसेवाको विकास र विस्तारमा ढुक्क भएर लगानी गर्न दक्षिण कोरियालाई आग्रह गरेका छन् । मंगलबार मन्त्री दाहालसँग भेट गर्न आएका दक्षिण कोरियाली रेल कम्पनी कोरेलका प्रतिनिधिसँगको भेटमा उनले यस्तो आग्रह गरेका हुन् । 

रेलसेवाको विकास र विस्तार नेपाल सरकारको समेत प्राथमिकताको विषय भएकाले ढुक्क भएर लगानी गर्न सकिने उनको भनाइ छ । नेपाल धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले सम्पन्न राष्ट्र भएकाले त्यस्ता गन्तव्यलाई लक्षित गरी रेलसेवाको विस्तारमा अध्ययन, अनुसन्धानका लागि समेत मन्त्री दाहालले आग्रह गरे । 

लामो तथा छोटो दूरीको रेलसेवा विस्तारका लागि नेपालले लगानीको वातावरण बनाइरहेको उल्लेख गर्दै उनले लगानीका विभिन्न ‘मोडेल’बारे पनि छलफल गर्न सकिने बताए । मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालमा जलविद्युत् उत्पादनको प्रचुर सम्भावना रहेकाले विद्युतीय रेलमार्ग विस्तार उपयोगी हुने बताए । 

217 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ