अपि पावर कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा ३५ करोड ३४ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीेले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार यो अघिल्लो आवको सोही अवधिको तुलनामा सात गुणा बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ४ करोड ४८ लाख मात्रै थियो।
यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट अघिल्लो आवको तुलनामा २५ प्रतिशत बढी १ अर्ब १९ करोड ९७ लाख आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ९५ करोड १८ लाख रुपैयाँ थियो ।
यस अवधिमा कम्पनीको ब्याज खर्च ४६ करोड ९३ लाखबाट घटेर ४५ करोड ८८ लाख कायम भएको छ । त्यस्तै कम्पनीले गरेका लगानीको फेयर भ्यालु गेन बढेर २२ करोड ४४ लाख पुगेको छ।
यस अवधिमा कम्पनीको चुक्ता पुँजी ६ अर्ब ७ करोड रहेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ४।२५ रुपैयाँबाट बढेर ७।७६ रुपैयाँ पुगेको छ भने प्रति शेयर नेटवर्थ १०५।२० रुपैयाँबाट बढेर १०९ रुपैयाँ ८५ पैसा पुगेको छ।
साझा अर्थ संवाददाता