पात्रो

रेडियो

समाचार खोजी

एनएमबी बैंकको एकल लगानीमा चेपे खोला आयोजना

साझा अर्थ संवाददाता २९ वैशाख २०८२, सोमवार

 एनएमबि बैंकले एकल लगानीमा चेपे खोला क्यास्केड जलविद्युत् आयोजनाको पनि वित्तीय व्यवस्थापन सम्झौता गरेको छ । दुई मेगावाट क्षमताको चेपे खोला आयोजनाको अनुमानित लागत ४३ करोड ४० लाख रहेको रुपैयाँ छ, जसमा बैंकले ३४ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । 

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द घिमिरे तथा कम्पनीका तर्फबाट अध्यक्ष मोहनविक्रम कार्कीले ऋण सम्झौतामा सम्झौता गरे । सोही कार्यक्रममा सिइओ घिमिरेले बैंकमा हाइड्रोपावर परियोजनाको प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्ष तथा अन्य जोखिमको सूक्ष्म तरिकाले अध्ययन तथा निगरानी गरी सोको उचित समाधान दिने जानकारी गराए । 

त्यस्तै, मोहनविक्रम कार्कीले एनएमबि बैंकसँग यस परियोजनासहित आठवटा परियोजनाका लागि ऋण उपभोग गरिरहेको तथा यस परियोजना निर्धारित लागत तथा समयसीमामा सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गरे । एनएमबिले हालसम्म ५० वटाभन्दा बढी जलविद्युत् आयोजनामा लगानी गरिसकेको छ ।  
 

168 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु