पात्रो

रेडियो

समाचार खोजी

आम्दानी बढ्दा खर्च घट्दा श्वेतगंगा हाइड्रो नाफामा

साझा अर्थ संवाददाता २५ वैशाख २०८२, बिहिवार

काठमाडौं घाटामा रहेको श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको चैत मसान्तसम्म कम्पनी ८ लाख २८ हजार रुपैयाँ घाटामा थियो । यसको विद्युत बिक्रीबाट भएको आम्दानी ५९ करोड ७६ लाख रुपैयाँबाटबढेर ६५ करोड ७४ लाख पुगेको छ । बित्तिय खर्चमा पनि धेरै सुधार आएको छ । समिक्षा अवधिमा वित्तीय खर्च ४२ करोड ३२ लाखबाट घटेर ३२ करोड १८ लाख कायम भएको छ । आम्दानी बढ्दा र खर्च कम हुँदा नाफामा सुधार आएको हो ।   कम्पनीको प्रतिसेयर आम्दानी ४.(२७ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ ७७.४१ रुपैयाँ छ ।

 

192 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ