पात्रो

रेडियो

समाचार खोजी

अरुण भ्यालीको नाफा ५८०० प्रतिशत बढ्यो

साझा अर्थ संवाददाता २४ वैशाख २०८२, बुधवार

अरुण भ्याली हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८१÷८२ को तेस्रो त्रैमासमा अघिल्लो आवको सोही अवधिको तुलनामा झण्डै ५८००  प्रतिशतले खुद नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्षको चैतसम्म ५७ लाख ९५ हजार खुद नाफा कमाएको कम्पनीले चालु आवको सोही अवधिमा ३४ करोड १८ लाख खुद नाफा कमाएको छ।  यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ६ करोड १ लाखबाट बढेर  १९ करोड ७४ लाख पुगेको छ । कम्पनीको अन्य आम्दानी पनि २३ करोड ५९ लाखबाट बढेर ३४ करोड ८७ लाख पुगेको छ।

यस अवधिमा कम्पनीको ब्याज खर्च १४  करोड ८५ लाखबाट घटेर ३  करोड ९ मात्र कायम भएको छ। कम्पनीको चुक्ता पुंजी ३ अर्ब ८४  करोड रहेको छ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ११  रुपैयाँ ८५  पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १०९  रुपैयाँ ५६ पैसा रहेको छ।

160 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ