पात्रो

रेडियो

समाचार खोजी

औद्योगिक लोडसेडिङ अन्त्य हुने संकेत

साझा अर्थ संवाददाता १९ वैशाख २०८२, शुक्रवार

भारतको इनर्जी एक्सचेन्ज मार्केटले नेपाललाई रातको समयमा थप चार घण्टा बिजुली उपलब्ध गराएसँगै नेपालमा भारतबाट दिनको १५ घन्टा बिद्युत् आयात हुन थालेको  ।  भारतले बिहीबारबाट राति २ बजेदेखि बिहान ६ बजेसम्म ६ सय मेगावाटसम्म बिजुली दिन नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको हो । मे र जुनमा भारतले बिद्युत् दिनेछ भने त्यसपछि नेपालमा बर्खा शुरु हुने र आन्तरिक उत्पादन बढ्न थाल्ने छ ।  

भारतले विद्युत्मा कटौती गरेपछि नेपालको औद्योगिक क्षेत्रमा पनि विद्युत् आपूर्ति प्रभावित भएको थियो । अब औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति सुधार हुने प्राधिकरणको भनाइ छ । ‘नदी–नालाहरूमा बहाव बढेसँगै स्वदेशी उत्पादन बढेको छ । उत्पादनमा वृद्धि तथा भारतले मे १ देखि विद्युत् खरिदको समयावधि थप ४ घण्टा बढाई बिहान २ देखि बेलुका ५ बजेसम्म कायम गरेकाले हाल उद्योगमा भइरहेको विद्युत् कटौती कम हुने र औद्योगिक ग्राहकले मागअनुसारको विद्युत् पाउने भएका छन्,’ प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

113 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ