काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले काम नगर्ने ६ वटा निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ ।
कालोसूचीमा पर्ने कम्पनीहरूमा एमएस सेलकम टेक्नोलोजी प्रालि (ललितपुर), विद्या कन्स्ट्रक्सन (बझाङ), डाइनामिक कन्स्ट्रक्सन अफ लुम्बिनी (रुपन्देही), ग्रेटवाल बिल्डर्स प्रालि (काठमाडौं) फेरी इन्भाइरोमेन्टल सर्भिसेज प्रालि (रुपन्देही) र अद्वैत निर्माण सेवा (ललितपुर) रहेका छन् ।
कालोसूचीमा परेकाहरूले आजैदेखि लागू हुने गरी कम्तीमा एक वर्षदेखि डेढ वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा सहभागी हुन पाउनेछैनन् ।
साझा अर्थ संवाददाता