पात्रो

रेडियो

समाचार खोजी

कर्णाली प्रदेशको डिजिटल कर्णाली कन्क्लेभ सम्पन्न

साझा अर्थ संवाददाता ११ वैशाख २०८२, बिहिवार

काठमाण्डौ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना भएको दोस्रो संस्करणको डिजिटल कर्णाली कन्क्लेभ सम्पन्न भएको छ । कर्णाली प्रदेश सरकार र आइसिटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा वीरेन्द्रनगरको शुभ होटलमा वैशाख ९ र १० गते कन्क्लेभ सञ्चालन भएको थियो ।  
‘इम्पावारिङ द फ्युचरः इन्नोभेसन, कनेक्टिभिटी एण्ड सस्टेनवलिटी’ मुख्य विषयमा केन्द्रित हुने कन्क्लेभमा विभिन्न ३ किनोट प्रस्तुतिसँगै ७ लाइटिनिङ प्रस्तुती र ७ थिममा १० प्यानल संवाद सञ्चालन गरिएको बताइएको छ । कन्क्लेभमा राष्ट्रिय र अन्तर्रास्ट्रिय स्तरबाट विज्ञ वक्ताको रुपमा ४० बढी सहभागी भएका थिए ।  

२ दिनसम्म सञ्चालन भएको कन्क्लेभमा डिजिटल कर्णालीको हालको अवस्था, अवसर, सम्भावना र चुनौतीका विषयमा वृहत छलफल गरिएको छ । कार्यक्रममा भएको छलफल र अन्तर्क्रियाबाट आएको निष्कर्षले कर्णाली प्रदेशको डिजिटल मार्गचित्र कोर्न सघाउने विश्वास व्यक्त गरिएको छ ।

कन्क्लेभमा प्रमुख अतिथिको रूपमा सञ्चार तथा सूचना कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको उपस्थिति रहेको थियो । कार्यक्रममा मुख्यमन्त्रीसहित प्रतिनिधि सभा सदस्य, पूर्व मुख्यमन्त्री, मन्त्री, प्रदेशका मन्त्रीहरू, प्रदेश सभा सदस्य, स्थानीय सरकारका प्रतिनिधिहरु, सरकारी उच्च अधिकारी, जनप्रतिनिधि, विज्ञ, सरोकारवालाहरू लगायत ४०० बढीको सहभागीता रहेको थियो ।  

२ दिनसम्म चलेको कन्क्लेभमा कार्यक्रमको पहिलो दिन डिजिटल पूर्वाधार र कनेक्टिभिटी, डिजिटल शिक्षा, डिजिटल अर्थतन्त्र र फिनटेक, डिजिटल नेतृत्व, राजनीतिक प्रतिबद्धता र नीतिका विषयमा प्रस्तुती र प्यानल छलफल भएको थियो ।  
त्यसैगरी दोस्रो दिन ७ बढी कर्णालीका डिजिटल इनिसीएटिभ्सहरूको प्रस्तुतीसँगै टेलिमेडिसिन र डिजिटल हेल्थ, जनशक्ति, सीप विकास र रोजगारी, साइबर सुरक्षा, दिगो विकासमा प्रविधि र इन्नोभेसन, कृषिमा प्रविधि र ई९कमर्स तथा डिजिटल कर्णालीको वे फरवार्ड लगायतका विषयमा प्रस्तुती र प्यानल छलफल भएको थियो ।  

कन्क्लेभका प्रमुख अतिथि तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले २ दिनसम्म भएको छलफलबाट सरकारलाई डिजिटल कर्णालीको आगामी मार्गचित्र कोर्न फलदायी हुने बताए ।  

‘कर्णालीका लागि डिजिटल प्रविधि महत्त्वपूर्ण छ । त्यसलाई उपयोग गर्न हामीले गर्नुपर्ने काम धेरै छ,’ उनले भने, ‘त्यसैले डिजिटल कर्णाली कन्क्लेभमा भएको विज्ञहरुसहितको बहस, छलफल तथा प्रस्तुतिले प्रदेश सरकारलाई सूचना प्रविधिको क्षेत्रमा आगामी मार्ग कोर्न मद्दत गर्नेछ । यसमा तीनै तहका सरकारले सहकार्य गर्नुपर्छ ।’

त्यसैगरी कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस कर्णाली प्रदेश सभा संसदीय दलका नेता जीवन बहादुर शाहीले डिजिटल प्रविधिले डिजिटल कर्णाली कन्क्लेभले डिजिटल कर्णाली बनाउन झक्झकाइ रहेको बताउँदै डिजिटलाइजको क्षेत्रमा कर्णालीलाई उदाहरणको रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।  

यसैगरी प्रतिनिधि सभा सदस्य तथा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली जस्तो विकट ठाउँमा सूचना प्रविधिको महत्त्व धेरै भएको बताउँदै त्यसको राजमार्गको रूपमा रहेको डिजिटल पूर्वाधार विकास र गुणस्तरमा ध्यान दिनुपर्ने बताए । 

287 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ