पात्रो

रेडियो

समाचार खोजी

चोभार बन्दरगाहमा चिनियाँ कन्टनेरको भन्सार जाँच पास शुरु

साझा अर्थ संवाददाता ११ वैशाख २०८२, बिहिवार

रेल र सडकमार्ग हुँदै चिनियाँ सामग्री बोकेर आएका कन्टेनर पहिलोपटक सोझै चोभार सुक्खा बन्दरगाहमा आएका छन् । यसअघि तातोपानी र रसुवा भन्सारमा जाँचपास भएर मात्र मालवाहक सवारीसाधन चोभार सुक्खा बन्दरगाह आउने गरेका थिए ।

इन्टरमोडल यातायात विकास समितिका अनुसार २९ चैतमा चीनको इयू सहरबाट सीधै रेलमार्ग र सडकमार्ग प्रयोग गरी आएका चारवटा ४० फिटे कन्टेनर चोभार सुक्खा बन्दरगाह आइपुगेका हुन् । पिएनपी इन्टरप्राइजेज, अम्बर एन्ड सन्स इन्टरप्राइजेज, ओमकार इन्टरनेसनल ट्रेडर्स र साहिम्स ट्रेडर्सले आयात गरेको कस्मेटिक, रोल कपडा, पर्दा, स्पिकरलगायतका सामान बोकेको साउथ एसिया रेलवेको चारवटा कन्टेनर पहिलोपटक भन्सार जाँचपासका लागि सीधै चोभार सुक्खा बन्दरगाह आइपुगेको समितिले जनाएको छ । २० दिन लगाएर कन्टेनर चोभार आइपुगेका हुन् ।

चीनबाट सामान बोकेका कन्टेनर चोभारसम्म सीधै आउन पाउने गरी कानुनी व्यवस्था गरेपछि पहिलोपटक चीनको रेल र सडकमार्ग प्रयोग भएर कन्टेनरमा सामान चोभार सुक्खा बन्दरगाह आएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए । 

234 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ