पात्रो

रेडियो

समाचार खोजी

शिक्षकका जायज माग पुरा गर्न सरकार तयार : प्रवक्ता पृथ्वीसुव्वा गुरुङ

साझा अर्थ संवाददाता १० वैशाख २०८२, बुधवार



काठमाडौं– सरकारले शिक्षकहरूले राखेका जायज मागहरू पुरा गर्न तयार रहेको जनाएको छ ।  बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले शिक्षकको माग सम्बोधन गर्न सरकार तयार रहेको भन्दै शैक्षिक गतिविधिमा सहभागी हुन आग्रह समेत गरे । 

त्यस्तै मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय शासकीय सुधार आयोग गठन गर्ने निर्णय भएको जानकारी दिए । 

बैठकले चैत्र १५ गते तीनकुने घटनामा ज्यान गुमाएका दुई जनाको परिवारलाई १०–१० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ भने सर्वोच्च अदालत र अन्तर्गतका निकायहरूको मौजुदा संगठन संरचना र दरबन्दी तेरिजमा संशोधन गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्ले वैदेशिक सहायता परिचालन नीति, सार्वजनिक खरिद संशोधन नियमावली स्वीकृत गरेको छ भने सार्वजनिक खरिद९चौधौँ संशोधन० नियमावली २०८२ स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

 

242 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ