पात्रो

रेडियो

समाचार खोजी

ठूला पुर्वाधार निर्माण गर्न वैकल्पिक वित्त कोष बनाउने विधेयक संसदमा

साझा अर्थ संवाददाता १० वैशाख २०८२, बुधवार

 

 अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  वैकल्पिक विकास वित्त परिचालन विधेयक संसद्मा दर्ता गराएका हुन् । विधेयकअनुसार वैकल्पिक वित्त विकास कोषको अधिकृत पुँजी एक खर्ब र चुक्ता पुँजी २५ अर्बको बनाउने उल्लेख छ । पूर्वाधार निर्माणमा वार्षिक १० खर्ब पुँजीको आवश्यकतालाई सम्बोधन गर्न यस्तो कोष ल्याउन खोजिएको अर्थले जनाएको छ । 

चालू आर्थिक वर्ष ०८१/८२ भित्र संसद्मा विधेयक पेस गरेर पारित गराउने र आगामी आर्थिक वर्षको बजेटमा नै कोषको व्यवस्था गरेर कार्यान्वयनमा जाने योजना छ । 

विधेयकमा ५१ प्रतिशत सेयर सरकारले राख्ने उल्लेख छ । अन्तर्राष्ट्रिय सरकारी वा अन्तरसरकारी वित्तीय संस्थाले कोषको सेयर खरिद गर्न इच्छा देखाएमा कोष सञ्चालक समितिको सिफारिसमा पुँजी बढाउन सक्ने व्यवस्था गरिएको छ ।

कोषमा नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषलाई कुल २५ प्रतिशत र जीवन बिमा–निर्जीवन बिमा र पुनर्बिमा कम्पनीलाई कुल २४ प्रतिशत सेयर राख्ने उल्लेख छ ।

सरकार वा विभिन्न संस्थाहरूले बढीमा दुई वर्ष र दुई किस्तामा कबोल गरेका सेयरबराबरको रकम चुक्ता गरिसक्ने व्यवस्था छ । कर्मचारीलगायतको सञ्चालन खर्च आफ्नै स्रोतबाट व्यहोर्ने र वार्षिक नाफाबाट लाभांश वितरण गर्नुपर्ने पनि विधेयकमा उल्लेख छ । 

 

235 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ