पात्रो

रेडियो

समाचार खोजी

शिक्षामन्त्री विद्या भट्टराईद्वारा राजीनामा

साझा अर्थ संवाददाता ८ वैशाख २०८२, सोमवार

 शिक्षामन्त्री विद्या भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी छिन् । विद्यालय शिक्षा विधेयकमा प्रधानमन्त्री ओलीसँग कुरा नमिलेपछि शिक्षामन्त्रीले राजीनामा दिएको भट्टराईको सचिवालयका सदस्य अशेष पोखरेलले जानकारी दिए। आन्दोलनरत शिक्षकसँग सहमति खोज्न शिक्षा मन्त्रालयले सातबुँदे प्रस्ताव तयार गरेको थियो। आज सोमबारको मन्त्रिपरिषद् बैठकमा उक्त प्रस्ताव पेस गर्ने बताइए पनि त्यसअघि नै शिक्षामन्त्रीको राजीनामा आएको हो।

विद्यालय शिक्षा विधेयक जारी हुनुपर्ने माग गर्दै देशभरिका शिक्षक २० दिनदेखि आन्दोलनमा छन्। तर, सरकारले शिक्षकका माग तत्कालै सम्बोधन हुन नसक्ने जनाउँदै आएको छ।

यसअघि आजै प्रधानमन्त्री ओली र मन्त्री भट्टराईबिच छलफल भएको थियो। शिक्षकका मागबारे प्रधानमन्त्रीले फरक मत राख्दै दबाब दिएपछि मन्त्रीले राजीनामा दिएको बुझिएको छ।

156 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ