पात्रो

रेडियो

समाचार खोजी

मातृभूमि लघुवित्तको साधारणसभा आज, छैन लाभांस प्रस्ताव

साझा अर्थ संवाददाता २ वैशाख २०८२, मङ्गलवार

 

काठमाडौं । मातृभूमि लघुवित्तले वार्षिक साधारणसभा आज बस्दैछ । सभामा कम्पनीको लाभांस सम्बन्धि कुनै प्रस्ताव पेश गरिने कार्ययोजना भने छैन ।  
सभामा थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने विशेष प्रस्ताव पनि पेश हुनेछ । यस्तै, अन्य बैंक–वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न र प्रबन्धपत्र एवं नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ । 

साथै, सभाले आवका २०८०–८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने भने चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । 

सभा प्रयोजनार्थ कम्पनीले चैत २२ गते आइतबार बुक क्लोज गरिसकेको छ ।  

 

176 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता