काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ५ अर्ब बराबरको ७ प्रतिशत एनआईसी एशिया डिबेन्चर २०९१ ऋणपत्र ९डिबेन्चर० निष्कासन गर्ने भएको छ । बैंकले चैत २५ गतेदेखि प्रतिऋणपत्र १००० अंकित दरमा ५० लाख कित्ता ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ ।
कुल ऋणपत्रमध्ये ६० प्रतिशत क्तिगत तवरबाट र ४० प्रतिशत सर्वसाधारणलाई बिक्री गरिनेछ । यसमध्ये १ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याइनेछ ।
१० वर्षे अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर भएको यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम २५ लाख कित्ताका लागि आवेदन चैत २८ गतेसम्म दिनुपर्नेछ । २८ गतेसम्म पर्याप्त आवेदन नपरेमा म्याद आगामी वैशाख ८ गतेसम्मका लागि लम्बिने बैंकले जनाएको छ ।
ऋणपत्र निष्कासक तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
साझा अर्थ संवाददाता