ग्रीन डेभलपमेन्ट बैंकले साधारणसभा प्रयोजनको लागि चैत्र १५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आजसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश र साधारणसभामा भाग लिन पाउछन् । कम्पनीले ५.७५ प्रतिशत बोनश शेयर प्रस्ताव सहित चैत्र २७ गते बुधबार साधारणसभा बोलाएको छ। सभामा कम्पनीले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ५।७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।३०२७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ। कम्पनीले साधारणसभामा हकप्रद प्रस्ताव पनि लैजाँदै छ ।
साझा अर्थ संवाददाता