पात्रो

रेडियो

समाचार खोजी

नेप्सेको सीईओमा नारद लुइँटेल नियुक्त

साझा अर्थ संवाददाता ११ चैत २०८१, सोमवार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को रिक्त सीईओ पदमा सरकारले नारदकुमार लुइँटेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले नेप्सेको सीईओमा लुइँटेललाई नियुक्त गर्ने निर्णय गरेको हो । गत माघ २५ गतेबाट कृष्णबहादुर कार्कीको कार्यकाल सकिएपछि नेप्सेमा सीईओ पद रिक्त थियो । लुइँटेलको नियुक्तिसँग नेप्सेले नयाँ सीईओ पाएको छ ।
नेप्सेको सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले गत फागुन १२ गते सूचना प्रकाशित गरी फागुन १८ गतेसम्म नेप्सेको सीईओमा आवेदन खुला गरेको थियो ।
सिफारिस समितिले नेप्सेको सीईओका लागि परेका १० आवेदकमध्ये पाँच जनाको नाम सर्टलिस्ट गरेको थियो । सर्टलिस्टमा लुइँटेलसहित चूडामणि चापागाइँ, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल पर्न सफल भएका थिए ।
पर्यटन व्यवसायी लुइँटेलले तारागाउँ विकास समितिमा एक कार्यकाल अध्यक्षको भूमिका पनि निर्वाह गरिसक्नुभएको छ । लुइँटेललाई २०७८ फागुनमा सरकारले पुनः तारागाउँ विकास समितिको सदस्य सचिवको जिम्मेवारी दिएको थियो ।
त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन गरेका लुइँटेलले नेपालका पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)को एक वर्ष कार्यकारी निर्देशक भएर पनि काम गरिसक्नुभएको छ ।

210 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ