पात्रो

रेडियो

समाचार खोजी

वाणिज्य बैंकहरूको निक्षेप संकलन ६० खर्ब तीन अर्ब पुग्यो

साझा अर्थ संवाददाता ८ फागुन २०८१, बिहिवार

 

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार २ फागुनसम्म वाणिज्य बैंकहरूको निक्षेप संकलन ६० खर्ब तीन अर्ब पुगेको छ । २ फागुनसम्म वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह ४८ खर्ब २७ अर्ब पुगेको छ । बैंकिङ प्रणालीमा तरलताको प्रमुख स्रोत रेमिट्यान्स बढिरहेकाले निक्षेप संकलन भने बढ्दो क्रममा छ । कुल बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६७ खर्ब ३२ अर्ब र कुल कर्जा प्रवाह ५४ खर्ब ३९ अर्ब छ । असोजसम्म रेमिट्यान्सको वृद्धिदर ११.५ प्रतिशत थियो । कात्तिकमा यो वृद्धिदर ९.१ प्रतिशत,  मंसिरमा ४.४ प्रतिशत र पुससम्ममा ४.१ प्रतिशत पुगेको छ । यसले रेमिट्यान्समा भइरहेको वृद्धिदर संकुचनमा गएको बुझ्न सकिन्छ ।  
 पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जाको अनुपात ४.९२ प्रतिशत छ । वाणिज्य बैंकहरूको मात्रै ४.७३ प्रतिशत छ । कर्जा असुली हुन नसकेकाले निष्क्रिय कर्जाको अनुपात बढ्दै गइरहेको छ ।

164 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ