स्वरोजगार लघुवित्तले फागुन १८ गतेदेखि एक लाख ९५ हजार कित्ता एफपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले १ करोड ९५ लाख ७७ हजार ३ सय रुपैयाँ बराबरको १ लाख ९५ हजार ७ सय ७३ कित्ता एफपीओ निष्काशन गर्न लागेको हो ।
आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि आवेदन दिनु पर्ने छ ।
यस एफपीओमा फागुन २१ गतेसम्म दिन सकिने छ। कम्पनीले शेयर निष्काशनको लागि एनएमबि क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ।
साझा अर्थ संवाददाता