आइएमई लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ मा ५१ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा १४५।०४ प्रतिशत बढी हो । यो अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनीले २० करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आवमा कम्पनीले ४ अर्ब ५२ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्ममा ३ अर्ब ९५ करोड १९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
गत असारसम्ममा कम्पनीले ५ अर्ब ९२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेर ५ अर्ब ३९ करोड १९ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ४ अर्ब ८५ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेर ४ अर्ब ६३ करोड ९३ लाख रुपैयाँ खर्च गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको शेयर प्रिमियमतर्फ ५२ करोड ३८ लाख रुपैयाँ, महाविपत्ती कोषतर्फ १७ करोड ७४ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गतर्फ १ अर्ब २ करोड २२ लाख रुपैयाँ र अन्य इक्विटी ५५ करोड ६० लाख रुपैयाँ सञ्चित छ ।
कम्पनीले दीर्घकालिनतर्फ १४ अर्ब ७ करोड १८ लाख रुपैयाँ र अल्पकालिनतर्फ १ अर्ब २७ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ ।कम्पनीको चुक्तापूँजी ५ अर्ब रुपैयाँ छ ।
साझा अर्थ संवाददाता