पात्रो

रेडियो

समाचार खोजी

विदेशमा पहिलो पटक ओमान दूतावासबाट श्रम स्वीकृति

साझा अर्थ संवाददाता २३ माघ २०८१, बुधवार

ओमानको मस्कटस्थित नेपाली राजदूतावासले नेपाली कामदारलाई वैधानिकीकरण श्रम स्वीकृति दिन सुरु गरेको छ । विदेशबाट यस्तो सुविधा दिन लागेको यो पहिलोपटक हो । 

राजदूतावासले  राजदूत डोरनाथ अर्याल र वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले संयुक्त रूपमा श्रमस्वीकृति कार्यको सुरुवात गरेका हुन् ।

कार्यक्रममा राजदूत अर्यालले उक्त सेवाबाट ओमानस्थित नेपाली नागरिकलाई सहज हुने विश्वास व्यक्त गरे । नेपाली राजदूतावास नेपाली श्रमिकको हकहित संरक्षणका लागि हरेक किसिमको सहयोग गर्न तत्पर रहेको उनको प्रतिबद्धता थियो ।  

यस्तै, विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले विदेशमा पहिलोपटक वैधानिकीकरण श्रम स्वीकृति प्रदान गरिएको जानकारी दिए । मस्कटबाट करिब ११ सय किलोमिटर टाढा रहेको सलालामा नै राहदानी नवीकरण, वैधानिकीकरण श्रम स्वीकृति, विभिन्न जानकारीसहितको सेवा राजदूतावासले नियमित प्रदान गरेकाले श्रमिकले खुसी व्यक्त गरेका छन् । 

 

90 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता