गत आर्थिक वर्ष ०८०/८१ मा एक लाख १३ हजार नौ सय ७६ जना बिमितले आफ्नो बिमा पोलिसी (बिमालेख) बन्द गरेका छन् । नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार गत आवमा बिमा पोलिसी सरेन्डर बिमितको संख्या १८ प्रतिशतले बढेको छ । अघिल्लो आव ०७९/८० मा ९६ हजार नौ सय ३८ वटा पोलिसी बन्द भएका थिए । त्यसअघि आव ०७७/७८ मा ६३ हजार तीन सय ३१ र आव ०७८/७९ मा ८१ हजार आठ सय ६० जनाले पोलिसी बन्द गरेका थिए ।
गत आवमा रकमका आधारमा पोलिसी सरेन्डर ९ प्रतिशतले बढेको छ । अघिल्लो आव ०७९/८० मा १३ अर्ब ३४ करोड ३३ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको थियो । गत आवमा भने १४ अर्ब ५० करोड १२ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको छ । यसअघि आव ०७७/७८ मा नौ अर्ब ८८ करोड १४ लाख रुपैयाँ र आव ०७८/७९ मा १२ अर्ब १८ करोड आठ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको थियो ।
साझा अर्थ संवाददाता