काठमाडौं । इलेक्ट्रो पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले आईपीओ निष्कासनको प्रस्तावसहित फागुन १ गते केन्द्रीय कार्यालय ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजेदेखि साधारणसभा बोलाएको छ ।
सभाले आईपीओ निष्कासन तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन र हेरफेर गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।
साझा अर्थ संवाददाता