पात्रो

रेडियो

समाचार खोजी

मकैको खोयामा स्वादिष्ट च्याउ उत्पादन

साझा अर्थ संवाददाता १० पुष २०८१, बुधवार

दोलखाः भीमेश्वर नगरपालिका वडा नम्बर तीनका च्याउ उत्पादक किसान श्रीराम श्रेष्ठ मकैको खोयामा स्वादिष्ट च्याउ उत्पादन गर्न सफल हुनु भएको छ । समान्यतयाः परालमा खेति गरिने च्याउ परीक्षणको रुपमा मकैको खोयामा खेति गर्दा उहाँ अझै स्वादीष्ट च्याउ खेति गर्न सफल हुनु भएको हो ।
आमरुपमा परालमा खति गरिने गरेको पराले च्याउ उत्पादन गर्दै आएकोमा एक दिन युट्‌युवमा मकैको खोयामा पनि च्याउ फलाउन सकिने देखेपछि आफूले पनि परीक्षणको रुपमा खोयामा च्याउ खेति गरेको श्रेष्ठले साझा अर्थसँगको कुराकानीका क्रममा बताउनु भयो ।

“ कत्तिको उत्पादन हुने रैछ भनेर ३ बोराजति मकैको खोया जम्मा गरी खेति गरेको निक्कै राम्रो भयो ” श्रेष्ठले भन्नुभयो “ परालमा खेति गरेको भन्दा स्वाद पनि निक्कै मिठो हुने रहेछ ।” खोयामा च्याउ खेति गर्दा एकपटक प्रयोग गरेको खोयाबाट झण्डै एक वर्ष उत्पादन लिन सकिने उहाँको भनाई रहेको छ । 
करिब ४० केजी खोयामा कार्तिक बाट परीक्षणको रुपमा सुरु गरेको खेतिबाट छोटो समयमानैं ४० केजी भन्दा बढी च्याउ उत्पादन भएको उहाँले बताउनु भयो । दुईसय देखि दुईसय पचास सम्ममा विक्रिहुने यो च्याउको माग पनि बढ्‌दै गएको उहाँको भनाई रहेको छ । परालमा खेति गरिएको च्याउको तुलनामा यसको स्वाद मिठो हुने गरेको श्रेष्ठले बताउनु भयो । 

दाउराको रुपमा पोलेर खेर जाने मकैको खोयाबाट च्याउ उत्पादन  हुने भएपछि अब यसको सदुपयोग हुने उहाँले बताउनु भयो । परालमा च्याउ खेति गरेकै विधिबाट खोयामा पनि च्याउ उमार्न सकिन्छ । खोयालाई पानीमा राम्ररी उसिनेर प्रकाश नछिर्नेकोठामा राखि त्यसमा च्याउको विउ छरेर प्लास्टिकले छोपेर यसको खेति गर्न सकिन्छ  । श्रेष्ठले खोयामा च्याउ उमारेर विक्री वितरण गर्न थालेपछि उहाँसँग कसरी खेति गर्न सकिन्छ भनेर मानिसहरु सोध्न समेत आउन थालेका छन् ।

495 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ