दोलखा : दोलखाको गौरीशंकर गाउँपालिकामा मंगलबारदेखि सुरु भएको “रैथाने कृषि तथा खेल मेला २०८३” आज समापन हुँदैछ ।
मेलामा पालिकाभित्र उत्पादित कृषि तथा रैथाने सामग्रीका ९ वटा स्टल राखिएका छन् । स्थानीय उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको मेलामा घरेलु, कलात्मक तथा कृषि उपजहरू प्रदर्शनमा राखिएका छन् ।

पालिकाका सबै वडाबाट उत्पादन हुने फरक–फरक अन्नबाली, तरकारी तथा फलफूलको पहिचान र संरक्षणमा जोड दिँदै प्रत्येक वडाका छुट्टाछुट्टै स्टल राखिएको छ । ती स्टलहरूमा गहुँ, कोदो, फापर, उवा, जौ, मुसुरो लगायतका परम्परागत बालीसँगै स्थानीय जातका तरकारी र फलफूल प्रदर्शनमा राखिएका छन् ।
मेलाको उद्घाटन मंगलवार एक समारोहका विच जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीले गर्नु भएको थियो । स्थानीय रैथाने कृषि उपजको बजारीकरण गर्न मद्दत पुगोस भनी मेलाको आयोजना गरिएको गौरीशंकर गाउँपालिकाले जनाएको छ ।
