पात्रो

रेडियो

समाचार खोजी

तराईमा धानको उत्पादकत्व बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

साझा अर्थ संवाददाता ५ असार २०८३, शुक्रवार

काठमाडौँ, ५ असार :नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धानको उत्पादन र उत्पादकत्व बढाउन दक्षिण कोरिया सरकारले एक अर्ब ८१ करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ। यससम्बन्धी सम्झौतामा कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग र कृषि मन्त्रालयबीच बिहीबार हस्ताक्षर भएको छ। सन् २०२६ देखि २०३१ सम्म चल्ने यो ६ वर्षे आयोजना नेपालको कृषि क्षेत्रमा हालसम्मकै ठूलो द्विपक्षीय सहयोग हो।

यो परियोजना लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ र कपिलवस्तु तथा सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा कार्यान्वयन हुनेछ। आयोजनाले जलवायुमैत्री प्रविधि, आधुनिक बिउ प्रणाली र बजार पहुँच विस्तार गरी खाद्य सुरक्षा सुदृढ गर्ने लक्ष्य राखेको छ। यसमा नार्क र अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्थानले प्राविधिक सहयोग गर्नेछन्। यसले किसानको आम्दानी बढाउन र हरित उत्थानशील विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ।

51 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ