काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको पुस ३ गते बसेको सञ्चालक समितिले ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश (करसहितं) वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस २६ गते रुपन्देहीको भैरहवास्थित होटल भिलासामा बिहान ११ बजेदेखि वार्षिक साधारणसभासमेत आह्वान गरेको छ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १२ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।
साझा अर्थ संवाददाता