पात्रो

रेडियो

समाचार खोजी

डिप्रोक्स लघुवित्तको १० प्रतिशत लाभांश घोषणा

साझा अर्थ संवाददाता २८ मंसिर २०८१, शुक्रवार



डिप्रोक्स लघुवित्तले १० प्रतिशत लाभांश घोषणा गरेको छ। लघुवित्तको मङ्सिर २७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश घोषणा गरेको हो । हाल लघुवित्तको चुक्ता पुँजी १ अर्ब ७० करोड ६१ लाख रहेको छ।

नेपाल राष्ट्र बैंकले स्वीकृति र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

300 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता