पात्रो

रेडियो

समाचार खोजी

नेपाल एसबिआई बैंकको साधारणसभा आह्वान, १०.६५ प्रतिशत लाभांश प्रस्ताव

साझा अर्थ संवाददाता २८ मंसिर २०८१, शुक्रवार

 


नेपाल एसबिआई बैंकले १०.६५ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्न साधारणसभा आह्वान गरेको छ ।  बैंकले पुस २१ गते त्रिभुवन आर्मी अफिसर्स क्लबमा साधारणसभा आह्वान गरेको हो।

 बैंकले  आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ३.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ६.८५ प्रतिशत नगद लाभांश गरि कुल १०.६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल बैंकको चुक्ता पुँजी १० अर्ब ५० करोड रहेको छ ।  बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

बैंकले साधारणसभा प्रयोजनको लागि पुस ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।  

162 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्