छिमेक लघुवित्तले १५ प्रतिशत लाभांश घोषणा गरेको छ। मङ्सिर १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ७ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो । हाल लघुवित्तको चुक्ता पुँजी २ अर्ब ९७ करोड रहेको छ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।
साझा अर्थ संवाददाता