काठमाण्डौ । मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ को सार्वजनिक निष्कासन आजदेखि बिक्री खुला भएको छ ।
मुक्तिनाथ विकास बैंक कोष प्रवद्धक र मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहेको योजनाको १० करोड इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।
प्रति इकाइ मुल्य १० दरको १० करोड इकाइमध्ये बीज पूँजीवापत २० लाख इकाई योजना व्यवस्थापक मुक्तिनाथ क्यापिल, १ करोड ३० लाख इकाइ कोष प्रवद्धक मुक्तिनाथ बैंकका लागि छुट्टयाइएको छ ।
कुल निष्कासन गरिने इकाइको जम्मा १५ प्रतिशत सुरक्षित राखि बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइ सर्वासाधारणका लागि बिक्री खुला गरिएको हो।
लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् ।
यो योजनाको इकाई बिक्री बन्द छिटोमा मंसिर २४ गते र ढिलोमा पुस ४ गते बैंकिङ समयपछि हुनेछ ।
साझा अर्थ संवाददाता