१९ मंसिर, काठमाडौं । वैदेशिक रोजगारमा रहेकाहरुका लागि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ खुल्ला भएको छ । कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । जसमध्ये १० प्रतिशत २ लाख २५ हजार कित्ता सेयर अंकित मूल्य १ सयका दरले वैदेशिक रोजगारमा रहेकाहरुका लागि छुट्टयाइएको हो ।अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् ।
न्यूनतम १० कित्ता तथा अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक कुमारी क्यापिटलले जनाएको छ ।
साझा अर्थ संवाददाता