माउण्टेन इनर्जी नेपाल लिमिटेडको मङ्सिर १७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश दिने गर्ने प्रस्ताव गरेको छ।
विद्युत नियमन आयोग र कम्पनीको आगामी साधारणसभाले स्वीकृति दिएपछि उक्त लाभांश वितरण हुने छ। कम्पनीले पुस २८ गते साधारणसभा गर्ने प्रयोजनको लागि पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस संगै पुस १० गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
साझा अर्थ संवाददाता