पात्रो

रेडियो

समाचार खोजी

ङादी ग्रुपको शतप्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता १७ मंसिर २०८१, सोमवार

 

ङादी ग्रुप पावर लिमिटेडले १स्१ को अनुपातमा शतप्रतिशतले हुन आउने हकप्रद निष्काशन गर्दै छ । हकप्रद  निष्काशनको लागि  मङ्सिर १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । सोही कारण आज मङ्सिर १७ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।

 कम्पनीले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २ सय २२ रुपैयाँ ५० पैसा बराबरको १ करोड ८५ लाख १२ हजार ७ सय ९२ दशमलव २२५ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।

कम्पनीले हकप्रद निष्काशन मिति भने तय गरिसकेको छैन । 
 कम्पनीले हकप्रद निष्काशनको लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ।

205 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु