काठमाडौं । साताको पहिलो कारोबार दिन आइताबार नेप्से परिसुचक झण्डै ९.९९ अंकले घट्दै २७ सय ३८ को विन्दुमा रोकिएको छ । आइतबार ३ सय १४ कम्पनीका १ करोड ६७ लाख ६७ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम पौने ९ अर्ब माथि अर्थात ८ अर्ब ८३ करोड २२ लाख २५ हजार माथि पुगेको छ ।
आज विकास बैंक, होटल तथा पर्यटन र व्यापारबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् । १ सय ७८ कम्पनीको सेयरमुल्य घट्दा ६३ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।
६ कम्पनीको सेयरमूल्यमा सकारात्मक र एउटा कम्पनीको सेयरमुल्यमा नकारात्मक सर्किट लागेको छ ।
साझा अर्थ संवाददाता